अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४१ | Colorodo: 08:56

बीपीको आत्मवृतान्त जापानी भाषामा प्रकाशन हुने

बिआरटीनेपाल २०७७ माघ १२ गते ७:२७ मा प्रकाशित

बीपी कोइरालाको आत्मवृतान्त लाई जापानीज भाषामा अनुवाद गरी जापानमा प्रकाशित गरिने भएको छ ।प्रकाशन अधिकार रहेको संस्था जगदम्बा प्रकाशन र बीपी विचार राष्ट्रिय समाज नेपालको अनुरोधमा आत्मवृतान्तलाई जापानी भाषामा अनुवाद गर्न गरी विक्रिवितरण गर्न अनुमति दिइएको बीपी विचार राष्ट्रिय समाज, नेपालका संयोजक लोकेश ढकालले जानकारी दिनुभयो ।

बीपी कोइरालाका कृतिहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने उद्देश्यले समाजको जापान शाखाले संयोजक सुदिप अधिकारीको संयोजकत्वमा तीन सदस्यीय ‘बीपीका कृति अन्तराष्ट्रियकरण तथा व्यवस्थापन समिति’ गठन गरेको छ । समितिले पहिलो चरणमा ‘आत्मवृतान्त’ लाई जापानी भाषामा अनुवाद गर्न तीन सदस्यीय उपसमिति गठन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू