अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४६ | Colorodo: 15:01

भारत चीन सीमामा सेनाबीच संघर्ष, २० चिनियाँ सैनिक घाइते भएको भारतीय दाबी

बिआरटीनेपाल २०७७ माघ १२ गते ७:२० मा प्रकाशित

भारत र चीनका सेनाबीच फेरि विवादित सीमामा संघर्ष हुँदा दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गत बुधबार उत्तरी सिक्किममा दुई मुलुकका सेनाबीच संघर्ष भएको थियो ।भारतीय सेनाले घटना सामान्य भएको त्यसलाई स्थानीय सैन्य अधिकारीहरूले समाधान गरेको जनाएको छ । चीनले भने घटनाबारे कुनै प्रतिक्रिया जनाएको छैन । भारतीय सेनाले संघर्षका क्रममा २० चिनियाँ सैनिक घाइते भएको दाबी गरेको छ ।

चिनियाँ सैनिक टोली भारतीय क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि नकुला पासमा भिडन्त भएको भारतको दाबी छ । भिडन्तपछि चिनियाँ सैनिक पछाडि हटेको उनीहरूको भनाइ छ । गत वर्ष जुनमा लद्दाख क्षेत्रमा भएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनतर्फ पनि क्षति भएको भारतले दाबी गरे पनि क्षतिबारे चीनले जानकारी गराएको थिएन ।

भारत र चीनबीच संसारकै सबैभन्दा लामो विवादित सीमा रहेको छ । गत वर्ष मे महिनामा भारतीय र चिनियाँ सैनिकहरूले लद्दाख इलाकामा नै पर्ने पान्गोङ ताल क्षेत्र र सिक्किमको सीमा क्षेत्रमा भिडन्त भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू