अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४६ | Colorodo: 03:01

नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुग्यो

बिआरटीनेपाल २०७७ माघ १२ गते ७:२० मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ३ हजार २४० रहेको छ । पछिल्लो २४ घण्टामा थप ४ सय १ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६४ हजार ५३८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू