अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१० | Colorodo: 12:25

प्रधानमन्त्रीको चार अभिव्यक्तिमा कांग्रेसको गम्भीर आपत्ति, त्यस्ता अभिव्यक्ति रोक्न चेतावनी

बिआरटीनेपाल २०७७ माघ १२ गते ७:१८ मा प्रकाशित

नेपाली कांग्रेसले प्रधानमन्त्रीका विभिन्न अभिव्यक्तिहरूमा ध्यानाकर्षण भएको जनाउँदै गम्भीर आपत्ति जनाएको छ । प्रधानमन्त्रीले कार्यकर्ता संवोधनका क्रममा एवं विभिन्न सार्वजनिक कार्यक्रममा राखेका धारणा अपमानजनक, ओकतान्त्रिक र समुदाय लक्षित भन्दै कांग्रेसले आपत्ति जनाएको हो । यस्तै कांग्रेसले यस्ता अभिव्यक्तिहरू नदिन प्रधानमन्त्रीलाई चेतावनी समेत दिएको छ ।

सोमबार एक विज्ञप्ति निकाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरू देश विरोधी भन्ने ओलीको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक भएको जनाएको छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हर कोहिको नैसर्गिक अधिकार भएको जनाउँदै कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिबाट अधिनायक आकांक्षालाई थप उजागर गरेको उल्लेख गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा कांग्रेसले सर्वोच्च अदालतमा भई रहेको बहसलाई ‘तमासा’ को संज्ञा दिनु अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको निष्कर्ष निकालेको छ । कांग्रेसले सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू