अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०४ | Colorodo: 07:19

“दुई शर्तमा मात्र पार्टी एकता कायम राख्न सकिन्छ”– नेता पोखरेलको भनाई

बिआरटीनेपाल २०७७ माघ १२ गते ७:१७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली समूहका नेता ईश्वर पोखरेलले दाहाल–नेपाल समूहसँग दुई शर्तमा मात्र पार्टी एकतालाई कायम राख्न सक्ने बताउनुभएको छ ।उपत्यकामा माघ २३ गते गर्न लागिएको विशाल जनसभाको जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा नेता पोखरेलले कात्र्तिक २८ गते दर्ता गरिएको आरोप पत्र फिर्ता लिन र निर्वाचनमा सहभागी हुन सहमति भए मात्र पार्टी एकता कायम हुन सक्ने बताउनुभएको हो ।

निर्वाचन आयोगको निर्णयले पार्टी फुटाउन कसैले चाहेर पनि नसक्ने स्पष्ट पारेको बताउँदै उहाँले आयोग निर्णयप्रति आफूहरू सकरात्मक रहेको बताउनुभयो ।आइतबार निर्वाचन आयोगको पदाधिकारी बैठकले नेकपाको विधान र पदाधिकारी फेरबदल आपसमा नमिलेकाले आयोगले पहिलेकै पार्टी यथावतै रहने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू