अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१७ | Colorodo: 17:32

प्रतिनिधिसभाले कार्यपालिकालाई कहिल्यै असहयोग नगरेको सभामुख सापकोटाको दाबी

बिआरटीनेपाल २०७७ माघ १२ गते ७:१६ मा प्रकाशित

सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई कहिले असहयोग नगरेको बताउनुभएको छ । प्रतिनिधिसभा भंग गरेर मध्यावधि घोषणा गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय संसदले आफूलाई सहयोग नगरेको दाबी गर्दै आउनुभएको छ । सभामुख सापकोटाले भने त्यो आरोप अस्वीकार गर्नुभयो ।

आज अन्तरपार्टी महिला सञ्जालको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले वर्षे अधिवेशनले नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्न सर्वसम्मत रुपमा संविधान संशोधन गरेको स्मरण गर्नुभयो । हरेकमा प्रतिनिधि सभाले सहयोग नै गरेको छ, कार्यपालिकालाई कहिले पनि असहयोग गरेको छैन, सापकोटाले भन्नुभयो ।

प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने अन्तर पार्टी महिला सञ्जालको मागप्रति आफू गम्भीर रहेको पनि उहाँले बताउनुभयो । अन्तर पार्टी महिला सञ्जालले विघटित प्रतिनिधिसभाको बैठक तत्काल बोलाउन माग गरेको छ । अध्यक्ष सावित्रा भुसाल सहितका नेतृहरुले आज सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै यथाशिघ्र संसद बैठक बोलाउन माग गरेको हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू