अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 13:53

निर्वाचन आयोगद्वारा नेकपाको दुबै पक्षको आधिकारिकता अस्विकार

बिआरटीनेपाल २०७७ माघ ११ गते ८:५९ मा प्रकाशित

निर्वाचन आयोगले बिभाजनउन्मुख नेकपाको दुवै पक्षको आधिकारीकताको दावीलाई अस्विकार गरेको छ । आफ्नो पक्षको आधिकारिकता दाबी गरेका नेकपाका दुवै पक्षमध्ये निर्वाचन आयोगले कुनै पक्षको पनि दाबी स्वीकार नगरेको हो ।

आयोगको आइतबार बसेको बैठकले दुबै पक्षको आधिकारिकता अस्वीकार गरेको हो । नेकपामा नयाँ संशोधन र हेरफेर गर्न नमिल्ने निर्णय आयोगले गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त सहितको बैठकले केपी ओली र प्रचण्ड–नेपाल पक्षले दाबी गरेको हेरफेर, संशोधन गर्न नमिल्ने र साविकको विवरण नै कायम रहेको निर्णय गर्दै दुबै अध्यक्षलाई जानकारी दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू