अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२३ | Colorodo: 14:38

अदालतमै सेटिङ गरेर राष्ट्रघात गर्नेले कस्तो चुनाव गराउँछ ? -कांग्रेस वरिष्ठ नेता पौडेल

बिआरटीनेपाल २०७७ माघ ११ गते ७:५० मा प्रकाशित

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले कम्युनिष्टको एजेन्डा नभइ आफ्नै एजेन्डामा जानुपर्ने बताउनुभएको छ । गुराँस पुस्तकालय विराटनगरले आइतबार आयोजना गरेको ‘बरगाछी १६ औं अंक मुक्तिप्रसाद यदुनाथ चापागाई विशेषांक’ लोकार्पण कार्यक्रममा पौडेलले कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापनाको आफ्नै एजेन्डामा अघि बढ्नुपर्ने बताउनुभएको हो । उहाँले कांग्रेसमा दुई लाइन नभएको प्रस्ट पार्नुभयो । ‘प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी र सर्वसत्तावादको बाटो लिएकाले सच्चिनु पर्ने निर्णय नै कांग्रेसको लाइन हो,’ पौडेलले भन्न्ुभयो, ‘यो पार्टीको लाइन छोड्ने आफैं बेलाइन भएर जान्छ ।’

सर्वोच्च अदालतमा सेटिङ गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले कस्तो चुनाव गराउँछन् भन्ने उनले प्रश्न गर्नुभयो । पौडेलले विकासको बजेट कटौती गरी अर्बौं खर्चेर भ्रष्टाचार बढाउने चुनाव आवश्यक नभएको ठहर गर्नुभयो ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गरी पौडेलले अदालतलाई केही भन्नु हुँदैन भन्दै नाटकीय छलछाम र जनतालाई धोका दिने काम गर्न नहुने बताउनुभयो । ‘प्रतिनिधिसभा विघटन राजनीतिक निर्णय भएकोले पुनःस्थापनाको मुद्दा खारेज गर्नुपर्छ भन्दै अदालतलाई धम्क्याउने प्रधानमन्त्री ओलीविरुद्ध औंलो ठड्याउने प्रतिपक्ष चाहिएको छ,’ पौडेलले भन्नभयो, ‘प्रतिपक्षले अदालतको निर्णय कुरेर बस्ने होइन ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू