अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

राजपत्रको आधिकारिकताबारे इजलासमा प्रश्न उठ्यो

बिआरटीनेपाल २०७७ माघ ११ गते ७:४३ मा प्रकाशित

प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना राजपत्रमा छापिएको बारे नेकपाका प्रमुख सचेतक देव गुरुङ, कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्रीलगायतले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रश्न उठाउनुभएको छ । आइतबारको सुनुवाइ सुरु हुनेबित्तिकै निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रश्न उठाउनुभएको हो ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएको र माघ ८ गते राति छापेर माघ ९ गते शुक्रबारको इजलासमा महान्यायाधिवक्ता अग्नि खरेलले पेस गर्नुभएको थियो । माघ ७ गतेको इजलासमा अधिवक्ताहरू ओमप्रकाश अर्याल, टीकाराम भट्टराईलगायतले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा जारी नभएको भन्दै प्रश्न उठाउनुभएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले भने उक्त विषयमा इजलास प्रवेश गर्न नसक्ने बताउनुभएको थियो । उहाँले श्रेष्ठलाई उक्त विषयबारे धारणा राख्न दिनुभएन । निवेदन इजलासमा भने पेस गरिएको छ ।

निवेदनमा प्रधानमन्त्री केपी शर्मा ओली संविधानको धारा ७६ (१) बमोजिम हुन् कि उपधारा (२) बमोजिम हुन् भन्नेबारे राजपत्रमा प्रकाशित सूचना मगाउन पनि माग गरिएको छ । ओली सरकार संविधानको धारा ७६ को उपधारा १ बमोजिम कि उपधारा २ कुन बमोजिम हो भन्नेबारे विवाद उत्पन्न भएको छ । निवेदकहरूले प्रधानमन्त्री ७६ (१) बमोजिमको उल्लेख गरेकाले सोही अनुसार हो भनेर इजलासले भन्दै आएको छ भने पछिल्लो समय निवेदक र उनीहरूका कानुन व्यवसायीले धारा ७६ उपधारा २ बमोजिमका प्रधानमन्त्री भएको तर्क राख्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू