अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४९ | Colorodo: 11:04

बृहत् जनआन्दोलन निर्माणमा अर्जुनदृष्टि लगाऔं – डा. भट्टराई

बिआरटीनेपाल २०७७ माघ ११ गते ७:३८ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बृहत् जनआन्दोलन निर्माणमा अर्जुनदृष्टि लगाउनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष भट्टराईले ओली प्रतिगमनलाई परास्त गर्न बृहत् जनआन्दोलन निर्माण गर्नुपर्ने जनाउनुभएको हो ।

उहाँले लेख्नुभएको छ , ‘हामी नेपालीहरूको आफ्नो स्वविवेक, स्वनिर्णयको अधिकाररक्षमतामा विश्वास गरौं । सिंगो पुस्ताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानका विरोधी भित्रीरबाहिरी तत्वहरूले गरेकोरगर्ने दुष्प्रचारको भ्रममा नपरौं । ओली प्रतिगमनलाई परास्त गर्न बृहत् जनआन्दोलन निर्माणमा अर्जुनदृष्टि लगाऔं ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू