अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 01:29

अस्थिरता ल्याउन खोजेकाले ताजा जनादेशमा जानु पर्यो – प्रधानमन्त्री

बिआरटीनेपाल २०७७ माघ ११ गते ६:२९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता ल्याउन खोजेकाले ताजा जनादेशमा जानु परेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको पनि उहाँको टिप्पणी छ । अपाङ्गता भएका व्यक्तिहरूसँग आज भएको साक्षात्कारमा प्रधानमन्त्री ओलीले बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेकाले ताजा जनादेशमा जानु परेको उल्लेख गर्नुभयो ।

देशको अहितमा काम गर्नेहरूलाई आगामी निर्वाचनबाट ठेगान लगाउन नागरिकलाई आग्रह गर्दै उहाँले दुवै मिर्गौला फेरेका कारण आफू पनि अलिअलि अपाङ्गता भएको व्यक्ति भएको बताउनुभयो । शारीरिक रूपमा अशक्तता भएकाहरूले देश विकासमा काम गर्नसक्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू