अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५२ | Colorodo: 15:07

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

बिआरटीनेपाल २०७७ माघ ११ गते ६:१६ मा प्रकाशित

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेको हो । आज थप २ सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा सङ्क्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको छ । २४ घण्टामा ४ सय ३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै निको हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको छ । देशभरि सक्रिय सङ्क्रमितको संख्या भने ३ हजार ३ सय १२ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ४३ हजार २ सय ५५ परीक्षणहरू गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या भने १ सय ४५ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू