अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४८ | Colorodo: 05:03

चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन

बिआरटीनेपाल २०७७ माघ १० गते ७:३५ मा प्रकाशित

प्रख्यात टेलिभिजन प्रस्तोता ल्यारी किङको ८७ वर्षको उमेरमा शनिबार निधन भएको छ। उनको अमेरिकाको लस एन्जलसस्थित सेडारस सिनाइ मेडिकल सेन्टरमा निधन भएको हो। उनको निधनबारे उनको प्रोडक्सन स्टुडियो ओरा मिडियाले ट्विटरमार्फत जानकारी दिएको हो।

‘म सधैँ जवाफ सुन्थेँ, सधैँ सिक्थेँ, म हरेक दिन सिक्दै राम्रो हुन्थेँ,’ सन् २०१७ मा ल्यारी किङले टर्नएराउन्ड पडकास्टमा जेस थ्रोनलाई भनेका छन्। न्युयोर्कको ब्रुकलिनमा जन्मेका ल्यारी किङ लापरबाह विद्यार्थी भए पनि उनीसँग जन्मजात उत्सुकता रहेको बताईन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू