अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१६ | Colorodo: 23:31

ओलीले आफू हार्ने निर्वाचन गराउँदैनन् – शशांक कोइराला

बिआरटीनेपाल २०७७ माघ १० गते ७:३५ मा प्रकाशित

नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीले आफू हार्ने चुनाव नगराउने बताउनुभएको छ । उहाँले वैशाख १७ र २७ मा तोकिएको निर्वाचन असम्भव भएको बताउनुभयो । शनिबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री कोईरालाले उक्त कुरा बताउनुभएको हो ।

महामन्त्री कोइरालाले गिरिजाप्रसाद कोइरालाले २०६४ मा सम्पन्न संविधानसभा निर्वाचन काँग्रेसले हार्ने थाहा हुँदाहुँदै पनि सम्पन्न गराएको स्मरण गर्दै भन्नुभयोे, ‘गिरिजाबाबुले काँग्रेसले निर्वाचन हारे पनि देश हार्नु हुँदैन भनेर निर्वाचन गराए तर कम्युनिष्टहरु देशभन्दा आफूलाई प्राथमिकतामा राख्छन्, त्यसैले ओलीले वैशाखमा निर्वाचन गराउँदैनन्।’

अहिले पनि नेकपा औपचारिक रुपमा फुटिनसकेको बताउँदै कोइरालाले अदालतमा चलिरहेको मुद्दा, नेकपाको आधिकारिकताको कुरा लगायतका कारण पनि वैशाखमा चुनाव सम्भव नदेखिएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर संविधान कुल्चिएको बताउँदै महामन्त्री कोइरालाले संविधानको रक्षाका लागि आन्दोलन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू