अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 00:00

केपी ओली बालकोट फर्कने पक्का – गगन थापा

बिआरटीनेपाल २०७७ माघ १० गते ७:२६ मा प्रकाशित

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बालकोट फर्किने पक्का भएको बताउनुभएको छ । मानव अधिकार तथा शान्ती समाजको २३औँ जिल्ला साधरणासभा तथा असंवैधानिक एवं अलोकतान्त्रिक तवरमा प्रतिनिधिसभा विघटन र प्रतिगमनको सिलसिला विषयक गोष्ठिमा बोल्दै थापाले प्रधानमन्त्री ओली बालुवाटरबाट बालकोट र त्यसपछि दमक सर्ने पक्का भएको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक भएकाले अदालतले पुनर्स्थापना गर्ने बताउनुभयो । ‘अदालतले न्याय दिन्छ भन्ने विश्वास छ तर न्याय भयो भनेर मात्रै हुुँदैन न्यायको अनुभूति पनि हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘ओलीले संसदीय व्यवस्थाको अपमान गरेका छन्, छिटोभन्दा छिटो सम्मानित अदालतले यसलाई टुङ्गोमा पुर्याउनु पर्छ ।’

कुनै पनि राजनीतिक दलले निर्वाचनका लागि तयारी गर्नुपर्छ र तयारीमा रहनु पनि पर्छ भन्दै थापाले भन्नुभयो, ‘अहिले केपी ओलीले गर्छु भनेको निर्वाचन कुनैपनि हालतमा हुन सक्दैन ।’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू