अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 23:54

अहिलेको व्यवस्था सिध्याउने प्रयासस्वरुप संसद विघटनः रामनारायण विडारी

बिआरटीनेपाल २०७७ माघ १० गते ७:२५ मा प्रकाशित

राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले अहिलेको व्यवस्था सिध्याउने प्रयास स्वरुप प्रतिनिधि सभा विघटन गरिएको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले वर्तमान व्यवस्था सिध्याउने प्रयास स्वरुप प्रतिनिधि सभा विघटन गरिएको बताउनुभयो ।

प्रतिनिधि सभा नभएपछि संविधानको ५० प्रतिशत धाराहरु निस्क्रिय हुने भन्दै उहाँले सत्तामा भएको मान्छेलाई मिलाएर व्यवस्था विरोधीहरुले योजनावद्ध रुपमा विघटन गराएको बताउनुभयो । संविधानमा ५ वर्षमा निर्वाचन गरिने व्यवस्था गरिएको भएपनि प्रधानमन्त्रीले अढाई वर्षमै निर्वाचन गर्ने हुकुमी शासन गरेको उहाँले बताउनुभयो । वैशाखमा कुनैपनि हालतमा निर्वाचन नहुने बिडारीको दावी छ ।

कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले संसदमा कुनैपनि नीति, कार्यक्रम फेल नभएका प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार नभएको धारणा राख्नुभयो । वैशाखमा निर्वाचन नभए प्रधानमन्त्रीको वैधानिकतामाथि नै प्रश्न उठ्ने तथा संविधानले समेत काम नगर्ने उहाँको भनाइ छ। प्रतिनिधि सभा पुनस्र्थापना आवश्यक रहेको उहाँको भनाई छ ।

वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले जनतामा अभिमत लिन निर्वाचनमा जानुलाई निरंकुशता भन्न नमिल्ने धारणा राख्नुभयो । नेपाली जनताको राष्ट्रिय सत्ता र सम्प्रभुतामा विश्वास गर्ने हो भने जनताको अभिमत लिने कुरा निरंकुशता नभएको उहाँको तर्क थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू