अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०६ | Colorodo: 10:21

मोन्टपिलरमाथि पिएसजीको शानदार जित

बिआरटीनेपाल २०७७ माघ १० गते ७:२३ मा प्रकाशित

फ्रेन्च लिग वान फुटबल अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले मोन्टपिलरलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले मोन्टपिलरलाई ४–० ले पराजित गरेको हो । पिएसजीको जितमा केलियन एमबाप्पेले ३४ र ६३ औँ मिनेटमा गरि दुई गोल गरे ।

यस्तै नेइमारले ६० औँ तथा आइकार्डीले ६१ औँ मिनेटमा गोल गरेर टिमलाई जित दिलाएका हुन् । १९ औँ मिनेटमा ओम्लन सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि मोन्टपिलर १० खेलाडीमा सीमित भएको थियो । जितपछि शीर्ष स्थानको पिएसजीको २१ खेलबाट ४५ अंक भएको छ । दोस्रो स्थानको लिलेको २० खेलबाट ४२ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू