अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५० | Colorodo: 08:05

संविधानको प्रश्नमा वकिलहरू विचारबाट भाग्न पाउँदैनन्– नेकपा नेता भट्टराई

बिआरटीनेपाल २०७७ माघ १० गते ७:२१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेश भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरु व्यावसायिक भनेर विचारबाट भाग्न नपाउने बताउनुभएको छ । शनिबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको संसद विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्तर्सम्वाद कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य भट्टराईले वकिलहरु कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भएपनि संविधानको विषयमा व्यावसायिक धर्म भनेर जान नमिल्ने बताउनुभएको हो ।

संविधानमाथिको प्रश्नमा वकिलहरु व्यावसायिकता भनेर विचारबाट भाग्न नपाउने उहाँको भनाइ छ । प्रधानमन्त्री ओली द्रुत गतिमा दक्षिणपन्थी बाटोतर्फ जाँदै गरेको उहाँले बताउनुभयो । संविधानमा भएका कतिपय विषय प्रधानमन्त्री ओलीलाई मन नपरेको भन्दै उहाँले तिनै मुद्दालाई संशोधन गर्नका निम्ति ओलीले दुई तिहाई मत मागेको बताउनुभयो । नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएकाले संविधानप्रति आफूहरुको लगाव र स्नेह रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू