अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४१ | Colorodo: 22:56

पूर्व माओवादी लडाकू फकाउदै प्रधानमन्त्री ओली, विगतमा जस्तो धोका नहुने आश्वासन

बिआरटीनेपाल २०७७ माघ १० गते ७:१७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्व माओवादी लडाकूहरुसँग छलफल गर्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीले सशस्त्र द्धन्दको अवधिमा गरेको योगदान र त्यागको सम्मान गर्ने बताउनु भएको छ । सो क्रममा उहाँले राजनीतिक रुपमै समस्याको वास्तविक समाधान गर्ने बताउदै विगतमा जस्तो धोका नहुने बताउनुभयो ।

भेटमा सहभागी लेनिन विष्टले प्रधानमन्त्रीले आफूहरुको सबै मुद्दा सम्बोधन गर्ने बचन दिनु भएको बताउनुभयो । विष्टले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीलाई पार्टीमा साथ दिन सहमत भएको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू