अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३५ | Colorodo: 22:50

ओलीको प्रतिगमनविरुद्ध सोमवार ‘बालुवाटार मार्च’ हुने

बिआरटीनेपाल २०७७ माघ १० गते ७:१७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध बालुवाटार मार्च हुने भएको छ । ओलीको प्रतिगमनलाई चुनौति दिन ‘बृहत् नागरिक आन्दोलन’ ले बालुवाटार मार्च गर्न लागेको हो ।बृहत् नागरिक आन्दोलनको तर्फबाट युग पाठकद्वारा जारी प्रेस विज्ञप्ति अनुसार माघ १२ गते हुने बालुवाटार मार्चमा कवि, लेखक, कलाकर्मी, संगीतकर्मी, बौद्धिक पेशाकर्मी तथा सचेत नागरिकमा सहभागिताका लागि अनुरोध गरिएको छ । विज्ञप्ति अनुसार कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टिका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास आयोजना हुनेछ ।

‘संसद विघटन लगायत सबै प्रकारका प्रतिगमनको विरुद्ध सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ र न्यायपूर्ण बाटोमा फर्काउने हामी सबै सचेत नागरिकको कर्तव्यवोध सडकमै प्रदर्शित हुनु आवश्यक रहेकोमा हामी जोड दिन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ । मार्चमा कलात्मक प्रस्तुती हुने विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू