अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

नेकपा प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार बस्ने

बिआरटीनेपाल २०७७ माघ १० गते ७:१२ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको अनौपचारिक छलफलपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठक आइतबार साढे १२ बजे बस्ने जानकारी दिनुभएको हो ।

उहाँका अनुसार शनिबारको बैठकमा पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार ९ गते काठमाडौंमा आयोजना गरेको सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको छ । प्रवक्ता श्रेष्ठले आइतबार थप एजेन्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने जानकारी दिए । पुस ५ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएपछि नेकपा दप्रचण्ड नेपाल पक्ष आन्दोलित छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू