अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०३ | Colorodo: 17:18

सहिद सप्ताह सुरुः पहिलो दिन शुक्रराज शास्त्रीको सम्झना

बिआरटीनेपाल २०७७ माघ १० गते ७:११ मा प्रकाशित

काठमाडौँको टेकु पचलीस्थित सहिद शुक्रराज शास्त्रीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै सहिद सप्ताह सुरु गरिएको छ। शनिबार सहिद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा उहाँको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली सभा गर्दै यस वर्षको सहिद सप्ताहको सुरुवात गरिएको हो। हरेक वर्ष काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह मनाउने गरेको छ।

शुक्रराज शास्त्री जहाँनिया राणा शासनको विरुद्ध लड्ने चार सहिदमध्ये एक हुनुहुन्छ । सहिद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १३ गतेसहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा, माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ।

त्यसैगरी माघ १६ गते शान्तिबाटिकाबाट प्रभातफेरी निकालेर सहिद स्मारक लैनचौर पुगि सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली सभा हुने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू