अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:११ | Colorodo: 20:26

अन्तर्राष्ट्रिय भारत्तोलक रूप कार्की रहेनन्

बिआरटीनेपाल २०७७ माघ ९ गते ८:५१ मा प्रकाशित

कोलोराडो । नेपाली भारत्तोलक रूप कार्कीको हृदयाघातको कारण ५१ वर्षको उमेरमा चितवनको अस्पतालमा निधन भएको छ । आफ्नै निवास बुटवलमा बिहीबार साँझ बेलुकाको खाना खाँदै गर्दा स्वास्थ्यमा असहजता देखिए पश्चात् तत्काल नजिकको अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले काठमाडौँ लैजान भनेपछि एम्बुलेन्समा राजधानी लगिएको हो ।

बुटवलबाट काठमाडौँ लैजाँदै गर्दा बाटोमा नै थप अवस्था बिग्रिएकोले नजिक पर्ने भरतपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेको पारिवारिक श्रोतले जनाएको छ । नेपालमै केही गर्नुपर्छ भनी रूप कार्की ५ महिना अघि अमेरिकाबाट नेपाल गएका थिए । उनलाई केही महिना अघि कोरोना भाइरस पोजेटिभ भएको तर उनी ठिक भैसकेको थियो ।

नेपाल देखि युरोप हुँदै अमेरिकासम्म पनि उहाँले पटक पटक विभिन्न स्पर्धामा पदक पाएका थिए कार्कीले । समाजसेवामा पनि सक्रिय उनले असहायहरूलाई आर्थिक सहयोग समेत गर्ने गर्दथे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू