अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०३ | Colorodo: 02:18

ओलीको प्रतिगमन परास्त गर्ने लडाईमा लागेका छौं – जसपा नेता राजेन्द्र महतो

बिआरटीनेपाल २०७७ माघ ९ गते ७:३८ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन परास्त गर्ने लडाईमा आफुहरु लागेको बताउनुभएको छ ।सप्तरीको राजविराजमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्र र संघीयतामाथिनै प्रहार भएकाले यसको रक्षा गर्न अघि बढेको बताउनुभयो ।

लोकतन्त्र र संघीयतालाई समाप्त पार्न ओलीले प्रतिगमनको बाटो अपनाएको उहाँले आरोप लगाउनुभयो ।प्रतिनिधिसभा पुर्नस्थापनानै वर्तमान राजनीतिक समस्याको निकास रहेको बताउँदै महतोले अदालतबाट यो समस्याको निकास पाउने र संविधान एवं लोकतन्त्रको पक्षमा निर्णय आउनेमा आफुहरु आशावादी रहेको बताउनुभयो ।

सम्मानित अदालतबाट आउने फैसला आफुहरुलाई मान्य हुने बताउँदै उहाँले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने प्रतिक्रिया दिनुभएको छ । अर्को प्रसंगमा उहाँले नेपाल–भारतबीच सदियौंदेखि बेटीरोटीको सम्वन्ध रहँदैआएकोमा वर्तमान सरकारले सिमामा आवागमनमा रोक लगाएर उक्त सम्वन्धमा समेत तिक्तता ल्याउने कार्य गरिरहेको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू