अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

गायिका तारादेवीको १५ औँ स्मृति दिवसमा पाँच जना सम्मानित

बिआरटीनेपाल २०७७ माघ ९ गते ७:३७ मा प्रकाशित

स्वरकिन्नरी तारादेवीको १५ औँ स्मृति दिवसमा तारादेवी फाउन्डेशनले ५ जनालाई सम्मान गरेको छ। महाराजगञ्जको कान्ति साँस्कृतिक केन्द्रको प्रांगणमा भएको कार्यक्रममा गायिका ज्ञानु राणा, लामो समयसम्म गीत गाएर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएका शहरी विकास राज्य मन्त्री रामवीर मानन्धर, काठमाडौँ महानगरपालिका वडा नं ३ का अध्यक्ष दिपक केसी, स्वर्गीय गीतकार भैरवनाथ रिमाल, संगीतकार गणेश परियारलाई नागद राशीसहित सम्मान गरिएको हो।

कार्यक्रममा स्वरकिन्नरी तारादेवीका विभिन्न गीतहरु गाइएका थिए। आस्था कला केन्द्रले संगीत गरिरहेको थियो। कार्यक्रममा लामो समयसम्म गीत गाएर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएका शहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले सरिता शाहीसँग ‘लुकुलुकु लाग्यो मलाई’ बोलको गीत गाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू