अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३५ | Colorodo: 08:50

अष्ट्रेलियामा समाचारका लागि पैसा तिर्न लगाए ‘सर्च इन्जिन’ नै बन्द गरिदिने गुगलको चेतावनी

बिआरटीनेपाल २०७७ माघ ९ गते ७:३२ मा प्रकाशित

अष्ट्रेलियामा सरकारले समाचारका लागि पैसा तिर्न बाध्य पारेमा ‘सर्च इन्जिन’ नै बन्द गरिदिने गुगलले चेतावनी दिएको छ । शुक्रबार त्यहाँको सरकारले नयाँ कोडयुक्त प्रक्रिया सुरु गर्ने बताएपछि कम्पनीले यस्तो धम्की दिएको हो । जसअन्तर्गत फेसबुक, गुगललगायत प्राविधिक कम्पनीले मिडियाहरुलाई तिनको सामग्री प्रयोग गरेबापत् भुक्तानी गर्नुपर्ने हुन्छ । यो नियम विश्वकै पहिलो किसिमको रहेको पनि बताइएको छ ।

गुगलले यो नयाँ कोड लागू भएमा अष्ट्रेलियाका एक करोड ९० लाख प्रयोगकर्ताहरुले गुगल सर्च र युट्युबमा अवरोधको सामना गर्नुपर्ने बताएको हो । अष्ट्रेलियाले यसमार्फत ठूल्ठूला प्राविधिक कम्पनीहरुलाई स्थानीय प्रकाशक र प्रसारणकर्ताहरुलाई तिनका सामग्रीहरु न्युज फिडमा या सर्च गर्दाको नतिजामा प्रयोग गर्नका लागि भुक्तानीसम्बन्धी छलफल गर्नुपर्ने कानुनमा जोड दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू