अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३५ | Colorodo: 03:50

ओली समूहसँग सहकार्य गर्ने पक्षमा देउवा

बिआरटीनेपाल २०७७ माघ ९ गते ७:३१ मा प्रकाशित

कांग्रेस सभापति शेरबहादुर देउवा अल्पमतमा परेका प्रदेश १ र बागमती प्रदेश सरकारमा नेकपाको ओली समूहसँग सहकार्य गर्नु पर्ने पक्षमा उभिनु भएको छ ।शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रभावशाली नेताहरुसँगको छलफलमा उहाँले ओली समूहसँगको सहकार्यमा जोड दिनुभएको हो ।

सभापति देउवाले बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसले दाबी गर्नुपर्ने बताउनुभएको थियो ।प्रदेश १ मा ओली समूहलाई सहयोग गरेर बागमती प्रदेशमा आफूनिकट नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने देउवाको मनसाय रहेको छलफलमा सहभागी नेताहरुले बताएका छन् ।

तर देउवाको प्रस्तावमा पौडेल समूहले असन्तुष्टि पोखेको थियो ।स्रोतका अनुसार केन्द्रले उठाएको विरोधको स्वर र प्रदेश समिकरणबीच तादम्यता मिल्नुपर्ने पौडेल समूहको अडान छ ।

बैठकले निष्कर्ष निकाल्न नसकेपछि प्रदेश संसदीय दलको नेतालाई काठमाडौं बोलाएर छलफल गर्ने र निर्णय लिने सहमति बनेको बुढानिलकण्ठ स्रोतले जनाएको छ ।छलफलमा वरिष्ठ नेता पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले ओली समूहसँग सहकार्य गरेर जान नहुने अडान राखेका छन् ।

सभापति देउवाले हिजो प्रदेश १ का केन्द्रीय सदस्य र अन्य नेताहरुसँग पनि छलफल गर्नुभएको थियो । त्यसक्रममा अधिकांश नेताहरुले ओली समूहसँग सहकार्य गर्न नहुनेका जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू