अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०९ | Colorodo: 00:24

राष्ट्रपति बाइडेनका प्राथमिकताबारे छलफल गर्न अमेरिकी राजदूत बेरी र प्रधानमन्त्री ओलीबीच भेट

बिआरटीनेपाल २०७७ माघ ९ गते ७:३० मा प्रकाशित

नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख प्राथमिकताहरूबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । प्रधानमन्त्री ओली र राजदूत बेरीबीच बिहीबार भेटबार्ता भएको हो।

भेटका क्रममा राजदूत बेरीले बाइडेन प्रशासनले जलवायु परिवर्तनदेखि आणविक प्रसार, साइबर युद्ध, कोभिड–१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीहरुलाई सम्बोधन गर्न नेपाललगायत अन्य देशहरुसँग साझेदारी गर्न चाहेको बताउनुभयो ।

कोभिड–१९ जस्ता साझा चुनौतीहरूको समाधान अन्तर्राष्ट्रिय सहयोगबाट मात्रै हुने पक्षमा राष्ट्रपति बाइडेन रहेको पनि राजदूत बेरीले बताउनुभयो । राष्ट्रपति बाइडेनले विश्व स्वास्थ्य संगठन, पेरिस जलवायु सम्झौता लगायतबाट बाहिरिने डोनाल्ड ट्रम्पको निर्णय समेत उल्ट्याउनुभएको छ ।

अमेरिकी दूतावासका अनुसार बाइडेन प्रशासनले स्वदेशमा र विश्वभर महिला तथा बालिकाहरूको अधिकारको उत्थान लगायतका विषयमा सँगै काम गर्न चाहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू