अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५६ | Colorodo: 06:11

अमेरिकामा कोरोना बिरुद्धको खोप अभियानलाई तीव्रता प्रदान गरिने

बिआरटीनेपाल २०७७ माघ ९ गते ७:२९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिभिन्न कार्यकारी आदेश जारी गर्नुभएको छ । उहाँले जारी गरेको पछिल्लो कार्यकारी आदेश कोरोना भाइरसको न्युनिकरणमा केन्द्रित छ । कार्यकारी आदेश अनुसार खोप अभियानलाई तीव्रता प्रदान गरिने छ भने परीक्षणको दायरा बढाइने छ । मास्क सहितका अत्यावश्यक सामग्रीको उत्पादन बढाउनका लागि आकस्मिक कानून लागु गरिने भएको छ ।

कोरोना भाइरस विरुद्धको अभियानका लागि १० अभियानको घोषणा गर्दै राष्ट्रपति बाइडेनले महामारीमाथि विजय प्राप्त गर्न केही महिना लागे पनि एकतावद्ध हुन सके छिटो महामारीबाट उन्मुक्ति मिल्ने बताउनुभएको छ । अमेरिकाको ४६ औँ राष्ट्रपति नियुक्त भएको भोलि पल्ट बाइडनले यी घोषणा गरेका हुन् । ट्रम्प प्रशासनले महामारी नियन्त्रणमा बेवास्ता गरेको आरोपहरू लागेका बेला उहाँले महामारीसँग जुध्न राज्यहरूमा भर पर्नुभन्दा एउटा राष्ट्रियस्तरको रणनीति अख्तियार गर्ने देखिएको छ ।

उहाँको पछिल्लो घोषणामा अबको १०० दिनमा स्कूलहरू सुरक्षित खोल्ने, रङ्गशाला तथा सामुदायिक संरचनाहरूमा खोप केन्द्र स्थापना गर्ने उल्लेख छ । अब अमेरिका जान चाहने यात्रीहरूले त्यहाँ जानु अगावै कोरोनाभाइरस नभएको परीक्षण रिपोर्ट देखाउनु पर्नेछ भने त्यहाँ पुगेपछि १४ दिन क्वारन्टीनमा बस्नु पर्ने अनिवार्य गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू