अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१८ | Colorodo: 13:33

संसद विघटनको ३३ दिनमा राजपत्रमा छापियो सूचना, मिति भने पुरानै, सर्वत्र आलोचना

बिआरटीनेपाल २०७७ माघ ९ गते ७:२८ मा प्रकाशित

पुस ५ गते भएको प्रनिनिधिसभा विघटनको सूचना राजपत्रमा भने माघ ९ गते बिहीबार छापिएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको बहस भइरहेको संवैधानिक इजलासमा अधिवक्ताहरुले प्रतिनिधिसभा विघटको सूचना राजपत्रमा प्रकाशित नभएको बताएपछि पुस ५ गतेको सूचना हतार हतार बिहीबार सार्वजनिक गरिएको हो ।

बिहीबार बिहानै महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलको कार्यालयमा डाकिएको आपत्कालीन बैठकपश्चात त्यहीँबाट मुद्रण विभागलाई निर्देशन दिएर राष्ट्रपति कार्यालयले जारी गर्ने प्रतिनिधि सभा विघटनसम्बन्धी सूचनाको भाषासमेत टिपाई वेबसाइटमा पुस पाँच गतेकै मितिको सूचना निकालिएको हो ।

बुधबार संवैधानिक इजलासले राजपत्रमा छापिएको सूचना मगाएको थियो । राजपत्रको सूचना मगाएसँगै बहस चलिरहेको अवस्थामा महान्यायाधिवक्ता खरेल बहसबाट उठेर जानुभएको थियो । शुक्रबार बसिरहेको संवैधानिक इजलासमा महान्यायाधिवक्ता खरेलले बिहीबार बिहान प्रकाशित गरिएको राजपत्रको सूचनाको प्रिन्ट प्रति बुझाउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू