अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

तेस्रो जन आन्दोलनको आवश्यकता– डा. भट्टराई

बिआरटीनेपाल २०७७ माघ ९ गते ७:२३ मा प्रकाशित

संघीय समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले तेस्रो जनआन्दोलनको आवश्यकता रहेको बताउनुभएको छ ।बुटवलमा शुक्रबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले जनताको ठूलो उपस्थितिमा तेस्रो जन आन्दोलनको आवश्यकता रहेको औंल्याउँदै जनताको शक्तिका अगाडी कुनै पनि सेटिङ पराजित हुने बताउनुभयो ।

डा. भट्टराईले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन देशीविदेशी शक्तिहरूको सेटिङबाट भएकाले त्यसलाई परास्त गर्न जनताको ठूलो आन्दोलन आवश्यक रहेको बताउनुभएको छ ।

अध्यक्ष डा. भट्टराईले देश भित्र र देश बाहिर सेटिङ मिलाएर मात्र ओलीले प्रतिनिधिसभा विघटन गरेको दाबी गर्नुभयो । ओलीले अकस्मात प्रतिनिधिसभा विघटन नगरेको जिकिर गर्दै उहाँले प्रधानमन्त्री भएकै दिनबाटै राज्यसंयन्त्र कब्जा गर्न सेटिङ मिलाउन सुरु गरेको आरोप लगाउनुभयो ।

उहाँले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले दिँदै नदिएको उल्लेख गर्दै संविधान निर्माण गर्दा जनताले निर्वाचित प्रतिनिधिसभा नै सर्वेसर्वा हुनुपर्ने गरी संविधान निर्माण गरिएको बताउनुभयो । अदालतका बारेमा आफूले टिप्पणी गर्न नचाहेको बताउँदै नेता भट्टराईले अदालतमा पनि सेटिङ छ भन्ने विषय जनतामा आइसकेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू