अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 00:08

लिभरपुलको आफ्नै मैदानमा ६८ खेल लामो अपराजित यात्रा तोडियो

बिआरटीनेपाल २०७७ माघ ९ गते ७:१७ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुललाई बर्न्लेले १–० ले हराएको छ । लिभरपुललाई उसकै मैदान एन्फिल्डमा पराजित गर्न बर्न्लेका आस्ले बार्न्सले ८२ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे ।हारसँगै लिभरपुलको एन्फिल्डमा ६८ खेल लामो अपराजित यात्रा तोडिएको छ । सन् २०१७ को अप्रिलमा क्रिष्टल प्यालेससँग हारेयता लिभरपुलले आफ्नो मैदानमा प्रिमियर लिगको कुनैपनि खेल हारेको थिएन ।

६८ खेल लामो अपराजित यात्रामा पूर्णविराम लागेपछि लिभरपुल प्रिमियर लिगको अंक तालिकामा शिर्ष स्थानको म्यान्चेस्टर युनाईटेडभन्दा ६ अंकले पछि परेको छ । लिगमा १९ खेलबाट म्यान्चेस्टर युनाइटेडको ४० अंक छ । समान खेलबाट ३४ अंक जोडेको लिभरपुल चौथो स्थानमा छ । १८ खेलबाट ३८ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको पनि ३८ अंक नैं छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू