अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३८ | Colorodo: 05:53

भारतको कर्नाटकमा जिलेटिन बोकेको ट्रक विष्फोट, ८ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ माघ ९ गते ७:१७ मा प्रकाशित

भारतको कर्नाटक राज्यमा जिलेटिन लोड गरिएको ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ । मजदुरहरुसमेत सवार सो ट्रक कर्नाटकको शिवमोगा जिल्लामा गएराति विष्फोट भएको हो ।

विष्फोटपछि फैलिएको गन्ध र अँध्यारो भएका कारण उद्धारको काम प्रभावकारी हुन नसकेको बीबीसीले जनाएको छ । सो स्थानमा विष्फोटक पदार्थहरु भएको हुनसक्ने आशंकामा बम डिस्पोजल टोली झिकाएको छ र प्रहरीले घटनास्थल वरपरको क्षेत्र नियन्त्रणमा लिएको छ ।

स्थानीयले विष्फोटको समयमा भूकम्प गएजस्तो महसुस भएको बताएका छन । धेरैजसो घरका झ्याल र ढोकाका सिसा फुटेका छन् । विष्फोटको आवाज छिमेकी जिल्लाहरुमा समेत सुनिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू