अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३२ | Colorodo: 03:47

काठमाडौंमा नेकपा प्रचण्ड–नेपाल समूहको विरोध सभा

बिआरटीनेपाल २०७७ माघ ९ गते ७:१० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधब समूहले प्रतिनिधिसभा विघटनको विरोधमा आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । पार्टीका नेता–कार्यकर्ताले काठमाडौं उपत्यकाका विभिन्न ९ स्थानमा जम्मा भएर जुलुस निकालेका थिए । बिरोधसभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई सच्याउन नसकेको बताउनभयो ।

अध्यक्ष प्रचण्डले आफूहरुले विभिन्न उपाय लगाउँदा पनि ओलीलाई सच्याउन नसकिएको बताउनुभयो । तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं । हाम्रा पनि केही कमजोरी होलान्, उहाँले भन्नुभयो, सम्झाइ, बुझाइ, फकाइ गरेँ, कतिपय कुरा मान्दिएर पार्टी र देश बचाउन सकिन्छ कि भनेको सकिएन । वाम गठबन्धनको घोषणा अनुसार काम गर्न नसकेको स्वीकार्दै प्रचण्डले प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको बताउनुभयो ।

यसैबीच, अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीसँग नेकपा नझुक्ने बताउनुभयो । विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले कम्युनिस्ट पार्टी सदस्य बन्न योग्य नरहेको र ओलीले असंवैधानिक तबरले कदम चालेको दाबी गर्दै उनीहरुसँग मिलेर जाने अवस्था नरहेको प्रस्ट्याउनुभयो । फेरि ओलीसँग मिल्छन् कि भनेर अन्य पार्टीहरुले शंका गरेको भन्दै नेता नेपालले आफूहरु विचारको राजनीति गर्ने पनि धारणा राख्दै मिल्ने संभावना नरहेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले घुँडा नटेकेसम्म सडक संघर्ष जारी रहने बताउनुभयो । ओलीको कदम प्रतिगमन भएको तर ओलीले राजनीतिक कदम हो भन्दै हिँडेको भन्दै नेता खनालले संविधान भन्दा बाहिर गएर कसैले कदम चाल्न नसक्ने धारणा राख्नुभयो । प्रतिगामी कदमको विरुद्ध आफुहरु सडकमा हुने खनालको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू