अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३९ | Colorodo: 22:54

बैशाखमा हुने निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित सम्पन्न हुन्छ – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ माघ ९ गते ७:०७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रहित हुने सम्पन्न हुने बताउनुभएको छ । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अगामी वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश दुई सहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश नं १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी दिनुभयो । उहाँले सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ्न आग्रह समेत गर्नुभएको छ । अहिलेका अवस्थामा केही तत्वबाट विभन्न घटना घटाउने चेष्टा हुन सक्नेतर्फ प्रधानमन्त्रीले सुरक्षा निकायको ध्यनाकर्षण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई सहजरुपमा अघि बढ्न नदिने चेष्टाका झलक देखिएको उल्लेख गर्दै कुनै पनि अवाञ्छित गतिविधि गर्ने तत्वप्रति सजक रहँदै यसको सामनाका लागि तयार रहन निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू