अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१२ | Colorodo: 00:27

गायक धुव्र केसीको निधन

बिआरटीनेपाल २०७७ माघ ८ गते ६:५७ मा प्रकाशित

गायक धुव्र केसीको बिहीबार निधन भएको छ। भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा उपचार गराउँदै आएका केसीको अपराह्न ४ः४५ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। गायकका भान्जा प्रविण निरौलाका अनुसार पछिल्लो १० वर्षदेखि पार्किन्सन्सको समस्या थियो। पछिल्ल्लो एक महिनादेखि उहाँलाई ‘सिजर’हुने समस्या थियो।

पछिल्लो ३ वर्षदेखि उहाँलाई भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा राखेर स्याहार गरिँदै आएको थियो। गायक केसीले ‘मायालु हजार हुन्छन्, बगीजाने खोला, सबले भन्छन्, तिम्रो माया कागजको र अभिनेता भुवन केसीसँग ‘अरु कालो रेलको धुँवाले’ गीत गाएका छन्। ७६ वर्षका केसीको जन्म २००१ मंसिर १ मा भएको थियो।

गायक केसी अभिनेता भुवन केसीका काका हुनुहुन्छ । नेपालमा गायनमा नाम कमाएका केसी केही समय भारतमा अभिनयको लागि संघर्ष गर्न पनि जानुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू