अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१३ | Colorodo: 21:28

दिल्लीसँगको तीन वर्ष सम्झनायोग्य रह्यो– सन्दीप लामिछाने

बिआरटीनेपाल २०७७ माघ ८ गते ६:५६ मा प्रकाशित

नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेल आईपीएल क्रिकेटको फ्रेन्चाइज टीम दिल्ली क्यापिटल्ससँगको तीन वर्षको अवधि सम्झनायोग्य रहेको बताएका छन् ।बुधबार दिल्ली क्यापिटल्सले सन्दीपलाई रिलिज गरेसँगै उनको यस्तो भनाइ आएको हो । बुधबार टीमले सार्वजनिक गरेको अक्सन अघि नै छान्ने खेलाडीको सूचीमा सन्दीप नपरेसँगै दिल्लीले सन्दीपलाई रिलिज गरेको खुलासा भएको हो ।

बिहीबार सामाजिक सञ्जालमार्फत सन्दीपले आइपीएल क्रिकेटमा पहिलोपटक रोजेर खेल्ने अवसर दिएकोमा दिल्ली क्यापिटल्सका मालिक हेमन्त दुवालाई पनि धन्यवाद दिएका छन् । साथै उनले आफूलाई विश्वास गर्ने सम्पूर्ण दिल्ली क्यापिटल्स परिवारप्रति आभार व्यक्त गरेका छन् । अन्तिममा उनले अबको समय नयाँ गन्तव्यको भएको पनि उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू