अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२
| Colorodo: 19:17
प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौँमा कालो बेलुन उडाएर विरोध प्रदर्शन भएको छ । नेकपाको प्रचण्ड–नेपाल खेमाको राष्ट्रिय युवा संघ नेपालले बिहीबार काठमाडौँमा कालो बेलुन उडाएर विरोध जनाएका हुन् ।
‘निरंकुशता चाहिँदैन, संसद विघटन गर्न पाईँदैन’, ‘बयलगाढा चढेर गणतन्त्र आएको होइन’ सहितका नारा लेखिएको तुल बेलुनमा झुण्ड्याएर उडाइएको हो । प्रहरीको हस्तक्षेपका बाबजुद प्रदर्शनकारीले कालो बेलुन उडाएका हुन् ।
काठमाडौँका विभिन्न स्थानमा कालो बेलुन उडाएर प्रदर्शन गर्ने भनिए पनि प्रहरीको हस्तक्षेपका कारण योजना अनुसार हुन नसकेको युवा संघले जनाएको छ ।