अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

म्यान्चेस्टर युनाईटेड प्रिमियर लिगको शिर्ष स्थानमा

बिआरटीनेपाल २०७७ माघ ८ गते ६:५३ मा प्रकाशित

फुलहमलाई हराउँदै म्यान्चेस्टर युनाईटेड इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा फर्किएको छ । गएराति फुल्हमको मैदानमा भएको खेल म्यान्चेस्टर युनाईटेडले २–१ ले जित्यो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन फ्रेन्च खेलाडी पउल पोग्बाले ६५ औं मिनेटमा निर्णायक गोल गरे ।

यसअघि खेलको पाचौं मिनेटमै एडेमोला लुकम्यानको गोलमार्फत फुल्हमले अग्रता लिएपनि म्यान्चेस्टरका एडिन्सन काभानीले गोल गर्दै खेल बराबरी गरेका थिए । पाोग्बाको गोलपछि म्यानचेस्टर युनाईटेड पुनः प्रिमियर लिगको शिर्ष स्थानमा फर्किएको छ ।

१९ खेलबाट उसको ४० अंक भएको छ । १८ खेलबाट ३८ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ । गएरातीको खेलमा सिटीले एस्टन भिल्लामाथि २–० को जित निकाल्यो । सिटीका लागि बर्नार्डो सिल्भा र इके गुन्डोगानले एक एक गोल गरे । प्रिमियर लिगमा १९ खेलबाट ३८ अंक जोडेको लेष्टर सिटी गोल अन्तरको आधारमा तेस्रो स्थानमा छ भने चोथो स्थानको लिभरपुलको ३४ अंक छ । लिभरपुलले आज राती बर्न्लेसँग खेल्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू