अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 23:06

शान्तिका लागि प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ – पहाडी

बिआरटीनेपाल २०७७ माघ ८ गते ६:४९ मा प्रकाशित

मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताउनुभएको छ । समाज कैलालीको बिहीवारको कार्यक्रममा मानव अधिकारवादी पहाडीले प्रतिनिधि सभा विघटनले देश अशान्ति र गृहयुद्धमा धकेलिएको विचार राख्नुभयो ।

‘राष्ट्र र राष्ट्रियता जोगाउन पनि पुनर्स्थापनाको पक्षमा लाग्न जरुरी छ’, उहाँले भन्नुभयो । समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले नागरिकमा झन् शङ्का उत्पन्न गरेको विचार व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू