अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

कोरोना खोप बनाउने भारतको सिरम इन्स्टिच्युटमा आगलागी

बिआरटीनेपाल २०७७ माघ ८ गते ६:४७ मा प्रकाशित

कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको पुनामा रहेको प्लान्टमा आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पुना प्लान्टको टर्मिनल १ नम्बर गेटमा आगलागी भएको हो । इन्स्टिच्युटमा लागेको आगो निभाउन अहिले १० वटा दमकल त्यहाँ पुुगेको बीबीसीले जनाएको छ ।

इन्स्टिच्युटका सम्बन्धित अधिकारीहरूले भवनको चौथो र पाँचौँ तलमा आगो लागेको बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अक्सफोर्ड एस्ट्राजेनेकाको कोरोना खोप कोभिशिल्ड सिरम इन्स्टिच्युट अफ इण्डियाले तयार गरिरहेको छ ।

सिरम इन्स्टिच्युट अफ इण्डिया विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) द्वारा समर्थित कोभ्याक्स स्किमको हिस्सा हो । यसको उद्देश्य मध्यम आय भएका देशहरूमा खोप उपलब्ध गराउनु हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू