अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०६ | Colorodo: 00:21

सम्झनामा तारा देवी तथा सम्मान कार्यक्रम हुँदै

बिआरटीनेपाल २०७७ माघ ८ गते ६:४४ मा प्रकाशित

स्वर किन्नरी तारा देवीको पुण्य स्मृतिमा  यस वर्ष पनि तारा देवी स्मृति फाउण्डेशनले “सम्झनामा तारा देवी तथा सम्मान कार्यक्रम” गर्ने भएको छ । १५ औं स्मृतिमा हुन लागेको कार्यक्रममा अजर अमर गीत संगीतलाई जीवन्त राख्न तारा देवीका एक दर्जन भन्दा बढी गीत प्रस्तुत गरिनेछ ।

कार्यक्रममा ज्ञानु राणा, लामो समय गीत गाएर भर्खरै मात्र गिनिज बुकमा नाम लेखाएका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर, प्राश्ना शाक्य, सरिता शाही, गीता पाण्डे, एञ्जेला श्रेष्ठ, सुजाता बर्मा लगायत अग्रज साथै अनुज गायक, गायिकाबाट गीत संगीत प्रस्तुत गरिने फाउण्डेशनका अध्यक्ष दीपक केसीले जानकारी दिनुभएको छ ।

शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले सम्मानको सबैभन्दा ठूलो क्षेत्र नै सांगितिक क्षेत्र भएको बताउँदै श्रष्टाहरुले विश्वमा नेपाललाई चिनाइरहेको बताए । उनले रोयल्टीको सिष्टमलाई व्यवस्थित गर्नु नै श्रष्टाहरुको ठूलो सम्मान भएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू