अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५२ | Colorodo: 01:07

संसद विघटनविरुद्ध कांग्रेसले ६ हजार ७४३ वडामै प्रदर्शन गर्यो

बिआरटीनेपाल २०७७ माघ ८ गते ६:३८ मा प्रकाशित

नेपाली कांग्रेसले बिहीवार संसद विघटनविरुद्ध देशभर ६ हजार ७४३ वटै वडामा प्रदर्शन गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयअनुसार कांग्रेसले बिहीवार वडास्तरीय विरोध कार्यक्रम गरेको हो ।

देशभरका विभिन्न वडामा हुने विरोध कार्यक्रममा नेताहरुले सहभागिता जनाएका छन् । वडास्तरीय विरोध कार्यक्रममा सहभागी हुन सभापति शेरबहादुर देउवाले सबैमा अपिल गर्नुभएको थियो । बुधवार अपिल जारी गर्दै देउवाले घरघरबाट विरोधमा सहभागी हुन अपिल गर्नुभएको थियो ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू