अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

प्रतिनिधीसभा विघटन सदर गरेको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै वकिलहरुको प्रश्न

बिआरटीनेपाल २०७७ माघ ८ गते ६:३२ मा प्रकाशित

प्रतिनिधीसभा विघटनको मुद्दामाथिको बहस जारी छ । बहसका क्रममा रिट निवेदकका वकिलहरुले प्रतिनिधीसभा विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएका छन् । अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले आजको सुनुवाइका क्रममा विघटनको सदर गरेपछि राजपत्रमा प्रकाशित समेत नगरेको भन्दै बहस गरेका थिए ।

उनीहरुको बहस सुनेपछि संवैधानिक इजलासले महान्यायाधीवक्ता कार्यालयसँग राजपत्रमा प्रकाशित भएको सूचना भए उपलब्ध गराउन भनेको छ । नायब महान्यायाधिवक्ता पदम पाण्डेसँग प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाले राजपत्रको सूचना उपलब्ध गराउन भन्नुभएको हो ।

प्रकाशन नभएपछि त्यो अनाधिकृत हो भन्ने कुराको थप प्रमाण हो भन्ने अर्यालको तर्क थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू