अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

पद छाड्नुअघि ट्रम्पको आक्रमक अभिव्यक्ति– “यो आन्दोलनको सुरुवात मात्र हो”

बिआरटीनेपाल २०७७ माघ ७ गते ७:३० मा प्रकाशित

पद छाड्नु एक दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरूको आन्दोलनको अभियान सुरु भएको बताउनुभएको छ । राष्ट्रपतिको रूपमा अन्तिम सम्बोधन गर्दै ट्रम्पले यस्तो बताउनुभएको हो ।उहाँले रिपब्लिकन पार्टी छाडेर आफ्नो छुट्टै पार्टी बनाउने बारेमा पनि पनि जानकारी दिएका छन् । पार्टीको नाम ‘देशभक्ती पार्टी’ हुने बताइएको छ ।

निर्वाचनमा पराजय भोगेपछि त्यसलाई अस्वीकार गरेको र संसद भवनमा आक्रमण गर्न समर्थकलाई उक्साएपछि उनलाई आफ्नै रिपब्लिकन पार्टीबाट विरोध भइरहेको थियो । ट्रम्पले पद छोडेपछि रिपब्लिकन पार्टीका वरिष्ठ नेता मिच म्याकनेलले पनि ट्रम्पको आलोचना गरेका थिए ।

ट्रम्पले आफ्ना सहयोगीहरुसँग नयाँ पार्टी बनाउने चर्चा गरेका छन् । तर उनी यो विषयलाई लिएर कति गम्भीर छन् भन्ने विषयमा भने खुलेको छैन । ट्रम्पले भन्नुभयो, ‘सत्ता हस्तान्तरण गर्न म सहमत छु । हामीले जुन आन्दोलन सुरु गरेका थियौं, यो त एक सुरुवात मात्र हो ।’

ट्रम्पको आक्रमक अभिव्यक्तिका कारण पार्टी पनि दुई कित्तामा विभाजित भएको छ । पार्टीका कैयौं नेताले ट्रम्पको खुलेर विरोध गरेका छन् भने कति समर्थनमा पनि जुटेका छन् ।

APTOPIX Trump

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू