अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 07:02

आन्दोलनको आँधीले ओली एन्ड कम्पनीलाई उडाउँछ – उपेन्द्र यादव

बिआरटीनेपाल २०७७ माघ ७ गते ७:३० मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको पतनको दिन सुरु भएको बताउनुभएको छ । आज राजविराजमा आयोजित संसद बिघटनविरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै आन्दोलनको आँधीले ओली एन्ड कम्पनीलाई उडाएर किनारा लगाउने उहाँले दावी गर्नुभयो । ‘कोरोना महामारीबाट जनतालाई बचाउनु, बेरोजगारलाई रोजगारको अवसर सिर्जना गर्नु, मुलुकलाई आर्थिक संकटबाट उभो लगाउनु पर्ने बेलामा असंवैधानिक कदममार्फत संसद भंग गरेर चुनावको घोषणा गर्नु अलोकतान्त्रिक प्रवृतिको प्रदर्शन हो’, यादवले भन्नुभयो ।

महामारीका कारण मुलुकको अर्थतन्त्रमा साढे ६ खरब नोक्सानी र करिब १३ लाख मासिन बेरोजगार हुँदा चुनावका लागि थप २० अरबको खर्च कहाँसम्म न्यायोचित कदम हो ? उहाँले प्रश्न गर्नुभयो । संविधान उलंघन गरी लोकतन्त्रमाथि हमला गर्ने तत्कालिन राजा ज्ञानेन्द्रलाई आन्दोलनको आँधीले उडाएजस्तै ओली एन्ड कम्पनीको पतन निश्चित रहेको यादवले बताउनुभयो ।

आफैंले उत्कृष्ट भनेको संविधान उल्लंघन गरी लोकतन्त्र, संघीय व्यवस्थामाथि हमला गर्ने हरकतलाई स्वीकार्न सकिन्न यादवले भन्नुभयोे, ‘अलोकतान्त्रिक, असंवैधानिक कदम नसच्चिएसम्म लडाइँ रोकिँदैन । लोकतन्त्र, संघीयता र संविधान रक्षाको आन्दोलनमा परिवर्तणकारी शतिmलाई लोलबद्ध गरी आन्दोलन अझ शसतmा रुपमा अघि बढ्छ ।’ असंवैधानिक रुपमा गरिएको संसद (प्रतिनिधिसभा) विघटनलाई सर्वोच्व अदालतले सच्चाउँछ भन्नेमा आम नेपालीको विश्वास रहेको उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू