अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 14:00

आधा केजीभन्दा बढी ब्राउन सुगरसहित ९ जना पक्राउ

बिआरटीनेपाल २०७७ माघ ७ गते ७:२९ मा प्रकाशित

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो एनसिबीले आधा केजीभन्दा बढी खैरो हिरोइन अर्थात ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ। यीमध्ये अधिकांश काठमाडौँबाट पक्राउ परेका हुन्।पक्राउ पर्नेमा इलामको माइ नगरपालिका(४ का ३१ वर्षीय सन्दीप राई, ३२ वर्षीय दीपक राई, इलामको इलाम नगरपालिका(२ का ३६ वर्षीय केसाङ्ग योल्मु, मनाङको ङिस्याङ्ग गाउँपालिका(३ नावलका ४६ वर्षीय टासी सन्डुप गुरुङ, पाँचथरको फालेलुङ्ग गाउँपालिका ८ का ५५ वर्षीय भीमप्रसाद लोवा, झापाको बुद्धशान्ति गाउँपालिका(४१ वर्षीय दिनेश कुमाल र ४६ वर्षीय सन्तोष सापकोटा छन्।

यसैगरि झापाको भद्रपुर नगरपालिका १० का ४१ वर्षीय राजेश श्रेष्ठ र इलामको माई जोगमाई गाउँपालिका ३ का ३६ वर्षीय सोनाम कागते रहेका छन्। उनिहरु सबै एउटै गिरोहको सदस्य भएको एनसिबीको दावी छ। उनिहरुको साथबाट पाँच सय ३६ दशमलब ५ ग्राम ब्राउन सुगर, ६ लाख ७१ हजार ५ सय नेपाली रुपैयाँ र ६ हजार १ सय अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ।

यीमध्ये भीमले सन्दीप राईले उनको नाममा बैंकमा जम्मा गरिदिएको चार लाख ६० हजार रुपैयाँ निकाल्ने क्रममा पक्राउ परेको प्रहरीको भनाई छ। काठमाडौंको कुमारीस्थान बस्दै आएका राजेश श्रेष्ठको कोठामा खानतलासी गर्दा तीन लाख ३७ हजार पाँच सय नेपाली रुपैयाँ र ६ हजार एक सय अमेरिकी डलर बरामद भएको एनसिबीले जनाएको छ। काठमाडौँको मित्रनगरबाट पक्राउ परेका केसाङ योल्मुको साथबाट मात्र चार सय ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीको दावी छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू