अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३८ | Colorodo: 21:53

शाही शासनभन्दा ओलीको शासन खतरनाक – कृष्ण पहाडी

बिआरटीनेपाल २०७७ माघ ७ गते ७:२४ मा प्रकाशित

मानवअधिकारकर्मी कृष्ण पहाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको दबाबले नभइ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै व्यक्तिगत सनकका कारण असंवैधानिक र अलोकतान्त्रिक ढंगले प्रतिनिधिसभा विघटन गरेको बताउनुभएको छ । मानव अधिकार तथा शान्ति समाजले मंगलबार सुर्खेतस्थित वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले व्यक्तिगत सनकका कारण खड्ग प्रदर्शन गरेको बताउनुभएको हो ।

पार्टी, प्रतिनिधिसभा विघटन र संविधान उल्लंघन गरेको विषयलाई आगोको संज्ञा दिँदै पहाडीले संसद् विघटन हुँदा पूर्व संविधानसभा अध्यक्ष सुभासचन्द्र नेम्वाङसमेत बिकेको आरोप लगाउनुभयो । यस्तो अवस्थामा अदालतले तेल र पानी छुट्याउनु पर्ने उहाँको धारणा छ । दलीय व्यवस्थालाई लत्याउँदै ओली निर्दलीय व्यवस्थातिर लागेको पहाडीले बताउनुभयो । शाही शासनका बेलाभन्दा नागरिक केपी शर्मा ओलीको शासनकालमा बढी हिरासत जीवन बिताएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू