अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

वाग्मती प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

बिआरटीनेपाल २०७७ माघ ७ गते ७:२३ मा प्रकाशित

वाग्मती प्रदेशको प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।बुधवारको बैठकमा सबै दलको संसदीय दलका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेपछि प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराउनुभयो । अब अर्को बैठक कहिले बस्छ भन्ने अन्योल पनि भएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अविश्वास प्रस्तावमाथि मत विभाजन गर्नुपर्ने दाहाल–नेपाल समूहका सांसदले भन्दै आए पनि हिउँदे अधिवेशन सुरु भएको पहिलो दिनमै बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू