अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 22:10

जापानमा नाक नछोपी मास्क लगाउने विद्यार्थी परीक्षाहलबाट निष्कासित

बिआरटीनेपाल २०७७ माघ ७ गते ७:२२ मा प्रकाशित

जापानमा नाक नछोपी मास्क लगाएको भन्दै एउटा विश्वविद्यालयले विद्यार्थीलाई परीक्षाहलबाट निष्कासित गरेको छ। गत शनिबार कोरोना भाइरसबाट बच्नको लागि परीक्षा हलमा बनाइएको नियमको उल्लंघन गरेको भन्दै सुपरभाइजरले एक विद्यार्थीलाई निष्कासन गरेको जापानको क्योदो न्यूजले जनाएको छ।

यता, नेशनल सेन्टर फर युनिभर्सिटी इन्ट्रान्स इक्जामले उपर्युक्त तरिकाले मास्क नलगाउने विद्यार्थीले परीक्षा दिन नपाउने बताएको छ।उसले आफ्नो वेबसाइटमार्फत भनेको छ, ‘नाक मुख नछोपीकन परीक्षा हलमा उपस्थित हुने विद्यार्थीले परीक्षा दिन पाउने छैनन्। यो नियम कडाइका साथ लागू गरिनेछ।’

यस्तै परीक्षाकेन्द्रले मेडिकलले नै कुनै समस्या भएको प्रमाणित वा कारण खुलाएमा मात्रै मास्क नलगाउन अनुमति दिने बताइएको छ। तर उनीहरुलाई एउटा छुट्टै रुममा राखेर परीक्षा दिन लगाइनेछ। यस्तै मास्क नलगाउने विद्यार्थीहरुलाई परीक्षाबाट निष्काशन मात्र नभई फेल समेत गराउने नीति रहेको केन्द्रले लिएको छ। पहिलो चरणमा विश्वविद्यालयले देशभरी यही तरिकाबाट परीक्षा दिने बताएको छ भने उक्त परीक्षा हप्ताभरीमा समाप्त हुनेछ।

परीक्षालाई प्रबन्ध गर्ने आयोजकहरुले परीक्षा अवधिभर कोरोना भाइरसबाट बच्न अनिवार्य मास्क, सामाजिक दूरी, हात सफा गर्ने र एक्लै बसेर खाना खाने व्यवस्था गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू